सात समूहलाई सगरमाथा आरोहणको अनुमति, सबैभन्दा धेरैले रोजे अन्नपूर्ण प्रथम

Thankot Times

थानकोट ।

यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोहण समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । 

विभागका निर्देशक लीलाधर अवस्थीका हिजो आइतबारसम्म सगरमाथासहित अन्य स-साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए । 

विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

अनुमति लिनेमा सबैभन्दा बढी अन्नपूर्ण-१ मा ६ आरोहण समूहका ६६ जना र अन्नपूर्ण-५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् ।

मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *