सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

आज सोमबार नेपाली बजारमा बहुमुल्य धातु सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

आज सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला  १ हजार ८ सय रुपैयाँ कायम भएमा सोमबार १ हजार ८ सय ३० रुपैयाँ कायम भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *