लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफको कोषाध्यक्षमा चन्द्रागिरिका डा. घिमिरे चयन

थानकोट ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफको नयाँ कार्यसमिति गठन गरिएको छ ।
गत बिहीबार सम्पन्न भेलाले वर्ष २०२५-२६ का लागि केशव प्रसाद भण्डारीको अध्यक्षतामा संस्थाको नयाँ नेतृत्व चयन गरेको हो ।
यस्तै, प्रथम उपाध्यक्षमा अजय प्रसाद खनाल, द्वितिय उपाध्यक्षमा मनोज कुमार सापकोटा निर्वाचित भएका छन् । सचिवमा भने इन्द्र बहादुर कार्की चयन भएका छन् ।
ओम समाज दन्त अस्पतालका अध्यक्ष डा. सुभास घिमिरे डिष्ट्रिक्ट ३२५ एफको कोषाध्यक्ष निर्वाचित भएको संस्थाले जनाएको छ ।