आज अर्थसहित तीनवटा समितिको बैठक बस्दै

थानकोट ।
आज अर्थसहित तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार तीन वटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष ८२-८३ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १० बजेबाट सुरू हुनेछ ।
जुन बैठकमा मध्यपर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।
उता, दिउँसो ३ बजेदेखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने तालिका छ ।