पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् ।

पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।

दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गरेका थिए ।

उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *