यू-१९ यूथ ओडिआई सिरिजः दोश्रो खेलमा अफगानिस्तानद्वारा नेपाल १ रनले पराजित

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी यूथ ओडिआई शृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ‌।

आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १ रनले पराजित भएको हो ।

मुलपानी क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा १६७ रनमा अलआउट भयो । साहिल पटेलले सर्वाधिक ६४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

कुनै समय सहज जितको नजिक देखिएको नेपाल अन्त्यतिर लगातार रूपमा विकेट गुमाएपछि दबाबमा आएको थियो । अन्तिम ओभरमा १ विकेट बाँकी र ११ रन आवश्यक रहँदा अफगानी कप्तान महबुब खानलाई दर्श सोनारले पहिलो र तेस्रो बलमा गरी २ चौका प्रहार गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

पहिलो खेलमा ३०० रन खर्चेको नेपालका बलरले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि सन्तोष यादवले किफायती बलिङ गर्दै १० ओभरमा २३ रन दिएर सर्वाधिक ३ विकेट लिए । सिब्रिन श्रेष्ठ र बिपिन प्रसाद शर्माले २-२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा १३० रनले पराजित भएको थियो । ३ खेलको शृंखलामा नेपाल २-० ले पछि परिसकेको छ। 

‌अन्तिम खेलमा बुधबार हुने तालिका रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *