यू-१९ यूथ ओडिआई सिरिजः नेपाल र अफगानिस्तानबीच आज दोश्रो खेल हुँदै, प्रवेश निःशुल्क

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी यूथ ओडिआई शृंखला अन्तर्गत नेपाल र अफगानिस्तानको युवा टोलीबीचको दोस्रो ओडिआई खेल आज हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा नेपाललाई अफगानिस्तानले १३० रनको फराकिलो अन्तरले हराएको थियो ।

आगामी सातादेखि काठमाडाैंमा सुरु हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला खेलिएको हो ।

तीन खेलको शृंखलामा अन्तिम खेल बुधबार हुनेछ ।

नेपाल क्रिकेट संघले खेल हेर्न मैदानमा निःशुल्क प्रवेश गर्न सकिने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *