ग्लोबल बैंकका थानकोट र इमाखेल शाखा आज खुला रहने, अन्य बैंकले के गर्लान ? (सूचीसहित)

थानकोट ।
रामनवमी पर्वका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
आज सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।
बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।
बैंकहरुले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुनेगरी तयारी गरेको जनाएका छन्। यद्यपि, सबै शाखा खुला नरहने भएकाले ग्राहकले बैंकको सूचना हेरेर नजिकको सेवा उपलब्ध शाखा पहिचान गर्नुपर्ने हुन्छ।
यस दिन सरकारी कार्यालयहरू भने बन्द रहने छन्। गृह मन्त्रालयको निर्णय अनुसार रामनवमी हिन्दू धर्मावलम्बीको विशेष पर्व भएकाले देशभर सार्वजनिक बिदा दिइएको हो।
चन्द्रागिरि नगरमा रहेका ग्लोबल बैंकका शाखाहरू मध्ये आज थानकोट र इमाखेल शाखा खुला रहने बैंकले जनाएको छ ।
आजका लागि अन्य बैंकले खुला राख्ने शाखाहरूको सूचीमा चन्द्रागिरि क्षेत्रमा भएका शाखाहरू परेका छैनन् ।