जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

आज आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेका कारण केही ठाउँमा बदली भएको हो ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा आगामी २४ घण्टामा  मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको छ ।

जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *