सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

Thankot Times

थानकोट ।

सेतो मछिन्द्रनाथको रथ यात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ ।

जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ ।

दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ ।

तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *