शुक्रबार बेलुकी गएको भूकम्पमा परि जाजरकोटमा ८ जना घाइते

Thankot Times

थानकोट ।

शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोटमा ६ र रुकुम पश्चिममा २ जना घाइते भएका हुन् ।

शुक्रबार राति ८:०७ बजे र लगत्तै ८:१० बजे जाजरकोटको कुशे गाउँपालिका-९, पैंक केन्द्रविन्दु बनाएर क्रमशः ५.२ म्याग्निच्यूड र ५.५ म्याग्निच्यूडका दुईवटा भूकम्प गएका प्राधिकरणले जनाएको छ ।

भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटमा ३ जना उपचारपश्चात् डिस्चार्ज भएको, जाजरकोटका ३ तथा रुकुम पश्चिमका २  गरी ५ जनाको उपचार चलिरहेको छ। उपचाररत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनमा सामान्य चिरा परेको एवं भवन चर्किएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *