जेठ महिनामा आयोजना हुने ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने

Thankot Times

थानकोट ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’ मा सहभागी नहुने भएका छन् ।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा भारतीय समकक्षी मोदी नेपाल नआउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डमा शुक्रबार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथा संवादमा अनुपस्थित हुने जानकारी दिएको बताए ।

‘हिजो (शुक्रबार) बैंककमा भएको भेटमा मोदीजीलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो दिएको थिएँ । तर, उक्त भेटमा उहाँले पहिला नै युरोप जाने कार्यक्रम तय भएकाले उपस्थित हुन नसक्ने जानकारी दिनुभयो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदी नआए पनि सगरमाथा संवादमा भारतीय पक्षबाट राम्रै स्तरको उपस्थिति हुने बताए ।

यसअघि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग शुक्रबार बैंककमा भेटवार्ता गरेका थिए ।

सगरमाथा संवाद आगामी जेठमा हुने तय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *