हङकङसँग टी-२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा, रोहितले कप्तानी गर्ने

Thankot Times

थानकोट ।

हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा नन्दन यादवसहित शाहव आलम र रिजन ढकालले स्थान बनाएका छन् ।

सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले यो सिरिज गुमाउनेछन् ।

नेपालले अप्रिल ९ देखि हङकङमा चारदेशीय टी-२०आई सिरिज खेल्नेछ ।

पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा


Leave a Reply

Your email address will not be published. Required fields are marked *