तीन दिनका लागि चन्द्रागिरि केबलकार सञ्चालनको समयमा हेरफेर हुँदै, बिहान १० बजेपछि मात्रै चढ्न पाइने

Thankot Times

थानकोट ।

नियमित मर्मतका लागि चन्द्रागिरि केबलकारको सञ्चालन हेरफेर हुने भएको छ ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चैत्र २५ बाट २७ सम्म केबलकार सञ्चालनको समय हेरफेर गरिएको जनाएको हो ।

जसअनुसार ती तीन दिन यात्रुले बिहान १० बजेपछि मात्रै केबलकार चढ्न पाउनेछन् ।

चैत्र २८ बाट भने पूर्ववत् रुपमा केबलकार सञ्चालन हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *