रास्वपा सभापति लामिछानेलाई जहाजमा भैरहवा लगिने

Thankot Times

थानकोट ।

शुक्रबार साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याइएको छ ।

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि विमानस्थल लगिएको हो ।

९ः०० बजेको फ्लाइटबाट उनी रूपन्देही लगिने प्रहरीकाे तयारी छ।

हिजो रातभर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै विमानस्थल लगिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *