शुक्रबार बेलुकी जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्पको धक्का

Thankot Times

थानकोट ।

 शुक्रबार बेलुकी जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प गएको छ ।

बेलुकी ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले बताए ।

उनले भने, ‘आज राति जाजरकोटमा ३ मिनेको अन्तरालमा दुई वटा भूकम्प गएका हुन् । यसले भूकम्पीय जोखिम छ भन्‍ने कुरालाई संकेत गर्छ।’

उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । ‘पोहोर जाजरकोटमा गएको भूकम्प कैयौं गुणा शक्तिशाली हो,’ उनले भने, ‘ मध्य नेपाल भूकम्पको धक्का आउनु भनेकै सतर्क रहनु भनेको हो। यसमा सरकारले पूर्व तयारीमा जुट्नु नै आवश्यक हो जस्तो लाग्छ।’

उनले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको बताए । उनले भने, ‘हामीले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ, भूकम्पीय जोखिम छ भनेर बुझ्नु जरूरी छ।’

आज गएको भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *