रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।
सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश खारेजीको माग गर्दै लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन गरेका थिए।
यसअघि जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न र पूर्वडीआईजी छविलाल जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
उक्त आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।