सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँ घट्यो

थानकोट ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।