नेपालसहित १८५ मुलुकका वस्तु आयातमा राष्ट्रपति ट्रम्पले लगाए उच्च भन्सार

Thankot Times

थानकोट।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् ।

ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।

ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु शून्य भन्सारमा अमेरिका निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरका उत्पादन अमेरिका निर्यात भएको थियो । त्यस्तै, चालु वर्षको फागुनसम्ममा ११ अर्ब ३७ करोड बराबरको वस्तु अमेरिका निर्यात भएको छ ।

राष्ट्रपति ट्रम्पले करिब ९० देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाएको बताएका छन् । अन्य देशबाट हुने सबै आयातमा भने १० प्रतिशत कर लगाइएको हो । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको महसुलको करिब ५० प्रतिशत भन्सार शुल्क लगाएको ट्रम्पले बताए । १० प्रतिशत शुल्क ५ अप्रिलदेखि र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुनेछ ।

ट्रम्पले चीनका वस्तुको भन्सार दर ३४ प्रतिशत थपेर ५४ प्रतिशत पुर्‍याएका छन् । भारतीय उत्पादनमा २६ प्रतिशत भन्सार कर लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *