आज तीन संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ ।

दिउँसो १ बजे  सुरु हुने  बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *