चन्द्रागिरिकी श्रयलासहित ९ खेलाडी स्कुल समर गेम्समा भाग लिन सर्बिया प्रस्थान

Thankot Times

थानकोट ।

जुनियर स्कुल समर गेम्स (आईएसएफ यु–१५ जिम्नासियाड) मा सहभागी हुन नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ।

प्रतियोगितामा तीन खेलका नौ खेलाडी सहभागी हुनेछन्।

२२ सदस्यीय टोली बिहीबार राति ११:०० बजे सर्बिया प्रस्थान गरेको हो । 

प्रतियोगिता चैत २२ देखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालले थ्री बाइ थ्री बास्केटबल, पौडी र बक्सिङ खेलमा चुनाैती पेश गर्नेछ ।

बास्केटबलतर्फ मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्नेछन् । बास्केटबलको प्रशिक्षकमा प्रेमसुन्दर होना रहेका छन्।

पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्, प्रशिक्षकमा नवीन महर्जन रहेका छन्।

बक्सिङ रिजोन रुम्बा लामाले प्रतिस्पर्धा गर्नेछन्, जसका प्रशिक्षक दोर्जे घले रहेका छन्।

सर्बिया उडेको टोलीको अफिसियल सदस्यहरूका रूपमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्टी रहेका छन्। साथै, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की पनि प्रतियोगिताका क्रममा हुने आईएसएफ साधारण सभामा सहभागी हुन शुक्रबार सर्बिया जानेछन्।

अप्रिल ८ तारिखमा हुने साधारण सभाले आईएसएफको अध्यक्ष चयन गर्नेछ भने कार्की अप्रिल ७ र ९ तारिखमा हुने कार्यकारी बैठकमा समेत सहभागी हुनेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष एवं ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की लगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *