नेपाली बजारमा प्याजको भाउ सस्तियो

Thankot Times

थानकोट ।

नेपाली बजारमा प्याजको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार प्याजको भाउ घटेको देखाएको हो ।

समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज बिहीबार प्याजको भाउ थोकमा किलोको ४९ रुपैयाँदेखि ४६ रुपैयाँ छ ।

बुधबार कालीमाटी बजारमा प्याज प्रतिकिलो ४९ रुपैयाँमा किनबेच भएको थियो ।

आज भने प्याजको भाउ ३ रुपैयाँ घटेको हो ।

दुई महिनाअघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रुपैयाँले कारोबार भइरहेको थियो ।

पछिल्लो समय प्याजको भाउ क्रमशः घट्दो क्रममा छ।

अहिले भारतीय प्याजले बजार माग धानिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *