त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

Thankot Times

थानकोट ।

नेपालकै पहिलो क्याम्पस त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार उनी एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् ।

कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे ।

अनेरास्ववियुसहित सात संगठनको गठबन्धनका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए ।

दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *