१०३ दिनपछि काठमाडाैं महानगर फर्किए प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई

Thankot Times

थानकोट ।

ढोका फोरेर कुर्सीमा बसेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले खासै प्रतिक्रिया दिएनन्।
पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘म भोली पर्सी कुरा गर्छु।’

मेयर बालेन शाहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं बिहीबार काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका हुन्।

मेयर शाहले लगाएको ताल्चा महानगर उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईं जिम्मेवारीमा फर्किएका हुन् ।

गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगर प्रहरी खटिएपनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी प्रहरीको केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।

काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिनादेखि रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *