यू-१९ यूथ ओडिआई सिरिजः नेपाल र अफगानिस्तानबीच आज पहिलो खेल हुँदै

Thankot Times

थानकोट ।

काठमाडाैंमा आजबाट नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखला सुरु हुँदैछ ।

शृंखलाअन्तर्गत पहिलो खेल आज बिहान ९:३० बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो ।

विश्वकप छनोट मुलपानीमै खेलाइने छ ।

उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।

दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *