नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन उपत्यकाका नगर प्रमुखको शुुभकामना

Thankot Times

थानकोट ।

नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन उपत्यकाका नगरपालिकाका नगर प्रमुखहरुले शुुभकामना दिएका छन् ।

चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ मनाउन तयारी गरिरहेको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबुु महर्जनले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउनका लागि सक्दो सहयोग गर्ने भन्दै भ्रमण पूर्णरुपमा सफलताको शुुभकामना प्रदान गरे । नगरकोट राष्ट्रियस्तरको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरको समेत चर्चाको स्थान भएकाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा नगरकोट भ्रमण वर्ष सफल रहोस् भन्ने शुुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरकोट भ्रमण वर्ष सफल बनाउन सम्पूर्ण स्थानीय तहले साथ र सहयोग गर्न आग्रह गर्दै आफ्नो भ्रमण वर्ष पूर्णत सफल होस् भन्ने शुुभकामना प्रदान गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका क्षेत्रमा आउने दशौं हजार पर्यटकलाई नगरकोटको भ्रमण गरेर सफल बनाउन आग्रह गर्दै भ्रमण वर्ष सभ्य र भव्य होस् भन्दै शुभकामना प्रदान गरे ।

चाँगुुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्षको सन्दर्भमा “कृषि पर्यटन र सामाजिक पूर्वाधार समृद्ध चाँगुुनारायणको मूल आधार” भन्ने नाराका साथ नगरकोट भ्रमण वर्ष सफल बनाउन सबैमा आग्रह गर्दै आएको नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *