बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु १५औँ अधिवेशन चैत्र २० गते बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गरिएको हो ।

प्रदेश सभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा पुगेको थियो ।

संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद् प्रभावित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *