पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि, आज अन्तेष्टी गरिने

थानकोट ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।
हिजो साँझ उनको एक्स-रे गरिएको थियो ।
एक्स-रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो । आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।
रजकको आज शोभा भगवतिस्थित घाटमा अन्तेष्टीको तयारी हुँदैछ ।