बागमती प्रदेश सभाको बैठक बस्दै

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ ।

बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

सभामुख भुवनकुमार पाठकले प्रदेश सभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए ।  सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताए ।

चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख पाठकले सहमतिका लागि दलहरूसँग संयुक्त छलफल गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *