तीनकुने घटनामा मारिएका युवाका परिवारलाई भाटभटेनी सुपरमार्केटले ८ लाख सहयोग गर्ने

Thankot Times

थानकोट ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले चैत्र १५ गते काठमाडाैंको तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनले बुधबार बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । रजकको परिवारलाई पाँचलाख र महर्जनको परिवारलाई तीनलाख रुपैयाँ सहयोग गर्ने बताए ।

उनले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

बुधबार भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतले नगदसहित सम्मान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *