आज बजारमा सुनकाे भाउ कति छ ?

थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७९ हजार १सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार २० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।