भाटभटेनी सुपर मार्केटलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान

Thankot Times

थानकोट ।

चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई बुधबार पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए ।

प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो ।

प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।

लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो ।

सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *