आज ६८ औं सहकारी दिवस मनाइँदै, थानकोट चेकपोष्टमा विशेष समारोह आयोजना हुँदै

थानकोट ।
‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८ औं सहकारी दिवस मनाइँदै छ ।
हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यसपटक पनि विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाउन सहकारीसँग सम्बद्ध संघसंस्थाहरूले तयारी गरेका छन् ।
चन्द्रागिरि नगरपालिकामा ६८औं सहकारी दिवसका लागि सम्पूर्ण तयारी सकिएको बुझिएको छ ।
चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिको अभिभाकत्वमा यसअघि नै सहकारी दिवस समारोह समिति गठन गरिएको थियो ।
सो समितिका अनुसार आज चन्द्रागिरि नगरपालिका वडा नं. ०७ चेकपोष्टस्थित प्रभात मावि हातामा आयोजना हुने मूल समारोहका लागि नगरमा क्रियाशील सहकारीहरूका प्रतिनिधिहरू बिहान ७ बजे थानकोट इमाखेल र खानेपानी चोकस्थित हिमाल पम्पमा भेला हुनेछन् ।
सो पछि सहकारीकर्मीहरूको सो टोली तत्पश्चात बाजागाजा, झाँकी तथा र्यालीसहित चेकपोष्टस्थित प्रभात मावि पुगी शुभकामना सभामा परिणत हुने चन्द्रागिरि नगर सहकारी समन्वय समिति जनाएको छ ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका करिब डेढ सय वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।
नेपालमा २०१३ साल चैत २० गते पहिलो सहकारी स्थापना भएको हो । सोही दिनको अवसरमा हरेक चैत्र २० मा सहकारी दिवस मनाउन थालिएको हो ।
यद्यपी राणा प्रधानमन्त्री जुद्ध शमशेरले २००० साल मै सहकारीको स्थापना प्रयास गरेको भनिए पनि चितवनमा स्थापना भएको बखान सहकारीलाई नै नेपालको पहिलो सहकारी मानिन्छ ।
सूचना हेराैंः