इनर व्हिल अफ चन्द्रागिरिको अध्यक्षमा मिन्जु शोभा चित्रकार, सचिवमा सुजना श्रेष्ठ

थानकोट ।
रोटरी क्लबअन्तर्गत महिलाहरुको संस्था इनर व्हिल अफ चन्द्रागिरिको अध्यक्षमा मिन्जु शोभा चित्रकार चयन भएकी छन् ।
यो संस्था इन्टरनेशनल इनर व्हिलसँग आबद्ध छ । प्रथम विश्वयुद्धमा घाइते भएकालाई सेवा गरेकी नर्स मार्गरेट ओलिभर गोल्डिनले यो इनर व्हिल सन् १९२३ मा विजारोपण गरेकी थिइन । यो संस्थामा १ लाख ९० हजारभन्दा बढी महिला सदस्य परिचालित हुँदै सामाजिक कार्य गरिरहेका छन् ।
महिलाहरुको सबैभन्दा ठूलो संस्था रहेका ती १ सय ४० सदस्य राष्ट्रमध्ये एउटा राष्ट्र नेपाल डिस्ट्रिक ३५० को नामले चिन्ने गरिन्छ ।
२१ सदस्यीय पदाधिकारी रहेको सो संस्थाको चन्द्रागिरि नगर कमिटिको उपसभापतिमा अबिना थापा चयन भएकी छन्।
इनर ह्वील चन्द्रागिरिकाे सचिवमा सुजना श्रेष्ठ चुनिंदा रस्मीता महर्जनले काेषाध्यक्षकाे जिम्मेवारी पाएकी छन् ।
संस्थाको पदाधिकारीहरुमा क्रमश सृजना श्रेष्ठ आइएसओ, लिजा महर्जन सम्पादककाे जिम्मेवारीमा चयन हुँदा शिला दानी, यशाेदा श्रेष्ठ, सुमित्रा श्रेष्ठ, सृजना त्रिपाठी, साेनि महर्जन सदस्य चुनिएका छन् । यस्तै सरिता देवकोटा खनाल, संगिता सापकोटा, सन्देह खुलाल, रन्जु दवाडी, निसा महर्जन, माया सिटाैला, लक्ष्मी महर्जन, इन्दु महर्जन र शारदा श्रेष्ठ पनि सदस्य चुनिएका छन् ।
नवगठित समितिका सबै सदस्यलाई सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा अन्य उपस्थित व्यक्तित्वहरूले प्रमाणपत्र वितरण तथा खादा माला लगाइदिएका थिए ।
नवगठित संस्थाको जिम्मेवारी लिँदै अध्यक्ष मिन्जु शोभा चित्रकारले इनर व्हील क्लब मार्फत महिलाहरूलाई सशक्त बनाउन, शिक्षाको प्रवर्द्धन गर्न, स्वास्थ्य र कल्याण कार्यक्रमहरूमा योगदान गर्न, र हाम्रा समाजलाई प्रत्येक सम्भव तरिकामा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
इनर व्हिल अफ कीर्तिपुरको सहयोगमा सो कार्यक्रम तय भएको थियो ।