तीनकुने प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका सविनको पोस्टमर्टनपछि आज नै अन्तेष्टीको तयारी

थानकोट ।
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम सकिएको छ। कीर्तिपुर नगरका सञ्चारकर्मी वीरेन्द्र शाक्यका अनुसार महर्जनको मंगलबार नै अन्तेष्टीको तयारी गरिएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभामा महर्जनको पोस्टमार्टम केहीबेर अघि सकिएको छ ।
उनको पशुपति आर्यघाटमा दाहसंस्कार हुने बुझिएको छ ।