कलंकीमा बिजुलीको खम्बामा सल्किएको आगोले घरपनि भेट्यो

थानकोट ।
काठमाडौंको कलंकीस्थित लाम्पाटीमा आगलागी भएको छ ।
बिजुलीको पोलमा भएको आगलागी घरमा समेत सल्किएको छ । अहिले सो क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ ।
बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
आगो निभाउनका लागि दमकल घटनास्थलतर्फ गइसकेको काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।