राप्रपा सांसद दीपक बोहराको निधन, गत महिना बितेकी थिइन् एकमात्र छोरी चाँदनी

Thankot Times

सांसद दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।

उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएर २०७९ को निर्वाचन जितेका हुन् ।

 बोहोराकी छोरी चाँदनीको गत महिना निधन भएको थियो ।

पुर्व मिस युनिभर्स बोहोराको निधन


Leave a Reply

Your email address will not be published. Required fields are marked *