संस्थागत सहकार्य गरेका चन्द्रागिरिका विद्यालयलाई काठमाडाैं शिक्षा क्याम्पसको सम्मान

Thankot Times

थानकोट । 

सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसले क्याम्पसमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूको बिदाई कार्यक्रमको छेको पारेर चन्द्रागिरि नगर क्षेत्रका विभिन्न १४ वटा विद्यालयलाई सम्मान गरेको छ । 

सोमबार क्याम्पसमा आयोजित एक समारोहका बीच त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले काठमाडाैं शिक्षा क्याम्पससँग संस्थागत सहयोग एवं सहकार्यमा योगदान पुर्याएका मध्ये १४ वटा विद्यालय तथा तिनका प्रतिनिधिलाई सम्मान गरेका हुन् । सो सम्मान नगर क्षेत्रका अन्य शैक्षिक संस्थालाई पनि क्रमश गरिने क्याम्पस शत्रुध्न प्रसाद गुप्ताले जानकारी दिए । 

सोमबार सम्मानित हुने विद्यालयहरूमा क्रमशः ब्राइट फ्यूचर मावि, चुनदेवी मावि, विष्णुदेवी मावि, हाई न्यूभिजन एकेडेमी, जनविकास मावि, मंगल मावि, प्रभात मावि,  कंकाली मावि, ज्ञानसुधा एकेडेमी, प्याराडाइज रिडर्स एकेडेमी, न्यू होराईजन एकेडेमी लगायत रहेका छन् । सो क्रममा हालै सम्पन्न निर्वाचनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित प्याब्सनका रविन्स शर्मा समेत सम्मानित भएका थिए । 

यस क्याम्पसको उन्नयनमा उहाँहरूले पुर्याउनुभएको योगदान एवं स्थानीय स्तरमा शिक्षाकाे क्षेत्रमा सम्बन्धित विद्यालयहरूले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख गुप्ताको भनाइ छ । दक्ष शिक्षक तथा अन्य पेशाका लागि निपुण जनशक्ति उत्पादनका लागि क्याम्पसले विविध शैक्षिक गतिविधि जारी राखेको बताउँदै उनले नगर क्षेत्रबाट कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीहरू तथा तीनका अभिभावकहरूमा कक्षा ११ देखी स्नातकोत्तर तहसम्म गुणस्तरीय र समयमैत्री शिक्षा प्राप्तिका लागि नगर क्षेत्रमै पर्याप्त भाैतिक संरचनासहितका क्याम्पस उपलब्ध छन भन्ने सन्देश दिन जरुरी रहेको धारणा राखे । 

सोमबार आयोजित कार्यक्रममा सो क्याम्पसको कक्षा १२ मा अध्ययनरत करिब १४० जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *