सुनको मूल्यले दिनहुँ नयाँ कीर्तिमान बनाउँदै

थानकोट ।
नेपाली बजारमा सुनको मूल्य आज सोमबार इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला एक ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जुन हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।