चन्द्रागिरि ओपन टी-१० इण्डोर क्रिकेट लिग चैत्र २९ बाट

थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसियनको आयोजनामा चैत्र २९ गतेबाट चन्द्रागिरि टी-१० क्रिकेट लिग सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका-०७स्थित गणेशमान फुटसलमा हुने ओपन टी-१० इण्डोर प्रतियोगिता चैत्र ३१ गतेसम्म जारी रहने बताइएको छ ।
प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने चन्द्रागिरि क्रिकेट एसोसिएनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।
प्रतियोगिताको उपविजेताले २० हजा रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताम सहभागी हुने टोलीले २ जना वैकल्पिकसहित ९ जना खेलाडी सहभागी गराउन सक्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब, संघ संस्थाले चैत्र २५ गतेभित्र टिम दर्ता गर्नसक्ने एसोसियसनले जनाएको छ ।