नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
जुन दिनको तुलनामा आइतबार ६ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।