लियो क्लब अफ इन्द्र अन्नपूर्ण योगाद्वारा अनाथालयका लागि सहयोग

थानकोट ।
लियो क्लब अफ काठमाडाैं इन्द्रअन्नपूर्ण योगाले अनाथालयका लागि दैनिक जीवनयापनका लागि आवश्यक सामाग्री तथा नगद सहयोग गरेको छ ।
शनिबार क्लबका तर्फबाट ललितपुरस्थित दी अर्फेन्स होम्सका लागि साबुन, ब्रस, मञ्जन, कपडा धुने साबुन, सर्फ जस्ता आवश्यक सामाग्रीहरू हस्तान्तरण गरिएको क्लबले जनाएको छ । ४८ जना आश्रितहरूका लागि करिब १ वर्ष सम्मका लागि पुग्ने गरी ति सामाग्री उपलब्ध गराइएको हो ।
सो क्रममा क्लबकी सभापति अनन्या घिमिरेले आफ्नो जन्म दिवसका अवसरमा अनाथालयलाई नगद १० हजार रुपैयाँ समेत हस्तान्तरण गरेकी दिइन् । सो क्रममा क्लबका सल्लाहकार डा. सुभाष घिमिरे, लायन्स क्लब अफ काठमााडाैं इन्द्रअन्नपूर्ण योगाका सभापति इन्द्र न्याैपाने लगायतको उपस्थिति रहेको थियो ।
सो अनाथालयमा करिब ४८ जना बालबालिकाहरू आश्रित छन् ।
लियो क्लब अफ काठमाडाैं इन्द्रअन्नपूर्ण योगालाई चन्द्रागिरि नगरपालिका-१४ स्थित लायन्स क्लब अफ काठमाडाैं इन्द्रअन्नपूर्ण योगाले अभिभावकत्व दिँदै आएको छ ।