मातातीर्थस्थित जमुना डाँडा वनमा भएको आगलागी नियन्त्रणमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थस्थित जमुना डाँडा सामुदायिक वनमा शनिबार भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

मातातीर्थस्थित प्रहरी प्रभागका अनुसार बिहान साढे ८ बजेबाट लागेको आगो साँझ नियन्त्रणमा लिइएको हो ।

आगलागी भएको स्थाननजिकै विद्युत् प्राधिकरणको प्रसारण लाइनसमेट रहेको थियो ।

स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, नेपाल प्रहरी, चन्द्रागिरि नगरप्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा साँझबाट आगलागी नियन्त्रणमा लिइएको चन्द्रागिरि नगरकार्यपालिका सदस्य सवना कार्की बानियाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिन चन्द्रागिरि नगरको बारुण यन्त्र समेत प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने अझै थाहा हुन सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *