भाइरल भिडियोमा पेस्तोल बोक्ने व्यक्ति सादा पोसाकका प्रहरी

थानकोट ।
शुक्रबार पेस्तोल लिएर राजावादी प्रदर्शनमा छिरेका व्यक्ति सिभिल पुलिस भएको खुलेको छ ।
राजावादीहरूले यसलाई घुसपैठ भने पनि ती व्यक्ति प्रहरीको लागु औषध ब्युरोबाट खटिएका अधिकारी भएको खुलेको हो । प्रहरी स्रोतले भन्यो, ‘लागुऔषध ब्युरोका प्रहरीहरू सादा पोसाकमै हुन्छन् ।’
यो तस्वीर कोटेश्वर क्षेत्रको हो । प्रहरीको भ्यानमा आगजनी गरेर प्रदर्शनकारी लागुऔषध ब्युरोभित्रसमेत पस्न खोजेका थिए । यसपछि सादा पोसाकमा रहेका ब्युरोका अधिकारीले पेस्तोल निकालेर ताकेका थिए ।
पछि प्रदर्शनकारी जाइलागेपछि उनीहरूसमेत भागेका थिए । राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ अरु घाइते छन् । राजावादी प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए । सञ्चार गृहदेखि पार्टी कार्यालय र व्यक्तिका घरसम्म पसेर तोडफोड तथा आगजनी गरेका थिए ।