तिनकुने घटनाः थानकोट बस्दै आएका थिए मृतक एभिन्यूजकर्मी सुरेश रजक

Thankot Times

थानकोट ।

शुक्रबार काठमाडाैंको तिनकुनेमा भएको घटनामा परि निधन भएका सञ्चारकर्मी सुरेश रजक चन्द्रागिरि नगरपालिका-४ थानकोटमा बस्दै आएको खुलेको छ ।

एभिन्यूज टेलिभजनको दृश्य छायाँकार रजक राजावादीहरूको प्रदर्शन छायाकंन गरिरहेका बखत एक घरमा भएको आगजनीमा फसेपछि उनको घटनास्थलमै निधन भएको थियो । 

रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर मृत्यु भएको हो ।

उनको समयमै उद्दार नभएको भन्दै सामाजिक सञ्जालमा प्रहरी प्रशासनको व्यापक आलोचना भइरहेको छ ।

उहाँको परिवारले थानकोटमा पनि घर निर्माण गरेको छ, उहाँ कहिले यता कहिले ताहाचल बस्दै आउनुभएको छ- मृतक रजकका एक आफन्तले थानकोट टाइम्ससँग भने ।

नेपाल प्रहरीले शुक्रबारको घटनामा मृत्यु हुनेहरूको सूची सार्वजनिक गर्दै मृतक रजकको थानकोट निवासी भन्दै विवरण उल्लेख गरेको छ ।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *