जिल्ला प्रशासन कार्यालय काठमाडाैंद्धारा जारी कर्फ्यू स्थगन

थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंद्धारा जारी कर्फ्यू स्थगन भएको छ ।
शनिबार बिहान एक सूचना जारी गर्दै कार्यालयले तीनकुने र त्यस आसपासको क्षेत्रमा शुक्रबार साँझबाट जारी कर्फ्यू आदेश अहिले बिहान ७ बजेबाट स्थगन गरिएको हो ।
शुक्रबार अपरान्ह ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
सूचना हेराैं