चन्द्रागिरि नगरमा योजना तथा कार्यक्रमको सम्झाैता गर्न १ महिना म्याद थपियो

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत योजना तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि सम्झाैता गर्न म्याद थप्ने निर्णय गरेको छ ।
यसअघि चैत्र १५ गतेसम्म मात्रै योजना तथा कार्यक्रम सम्झाैता गर्न सकिने नगरले नीति बनाएकोमा बिहीबार बसेको कार्यपालिका बैठकले सो अवधि १ महिना थप गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरे जानकारी दिए ।
जसअनुसार चालु आवका लागि नगरका योजना तथा कार्यक्रम सम्झाैता गर्ने म्याद २०८२ बैशाख १५ गतेसम्मका लागि थपिएको हो ।
फागुन १ बाट चैत्र १० गतेसम्म चन्द्रागिरि नगरमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा नगरको योजना तथा कार्यक्रम सम्झाैता, भुक्तानी लगायतका विषय अवरुद्ध बनेका थिए ।