काठमाडाैंमा राजावादीको आन्दोलन, एक पत्रकारसहित दुई जना युवाको मृत्यु

थानकोट ।
राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा काठमाडाैंमा शुक्रबार दुई जना युवाको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।
उनी अस्पताल पुर्याउँदै मृत भेटिएको आचार्यले बताए।
यस्तै, राजावादीहरूले तीनकुनेको एक घरमा गरेको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।
उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।