काठमाडौंमा आन्दोलन: तीनकुनेमा कीर्तिपुरका एक युवाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा घाइते  भएका कीर्तिपुर नगरपालिका-०४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हाे ।

महर्जनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको गृह मन्त्रालयले जनाएको छ। उनी कसरी घाइते भएका थिए साे भने खुल्न बाँकी रहेकाे गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच तीनकुनेमा झडपमा परेर निधन भएका महर्जनको भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भएको छ । कीर्तिपुर नगर क्षेत्रका स्थानीयले सो तस्बिर महर्जनकै भएको बताएका छन् ।

तस्बिर : सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *