नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, आज १ तोला सुन किन्न कति पैसा चाहिन्छ ?

थानकोट ।
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ विन्दु छोएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन (बिहीबार)को तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार चाँदीको भाउ प्रतितोला २० रूपैयाँ बढेको हो।